‘गठबन्धन भोटले जित्ने होइन,यिनीहरू मतपत्र च्यात्ने, चपाउने र निल्ने गर्छन्’:अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानन्मत्री केपी शर्मा ओलीले गठबन्धन दलका कार्यकर्ता तथा नेताहरूले  मतपत्र च्यात्न सक्ने बताउँदै मत गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

आज पोखरामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले मतपत्र च्यात्ने चपाउने बानी परेकाले चनाखो हुन कार्यकर्तालाई आग्रह गर्नुभयो ।  ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरूले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरू मतदानको गणना नसकिएसम्म तपाईँहरू सुत्न हुन्न । उहाँले भन्नुभयो । 

उहाँले मतपेटिका सङ्केत गर्दै चनाखो हुन आग्रह गर्नुभयो । ‘पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँच वटा बाँदरहरू छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न’,उहाँले भन्नुभयो । 

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०६ बजे