दैलेखमा एमालेका उम्मेदवारको गाडीमा आगजनी 

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ  । 

बा१९च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको  तर्कबहादुर बढुवालले जानकारी दिनुभयो ।

गाडी आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित सृष्टि होटलमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी भएको हो । चालक गाडीभित्रै सुतिरहेको अवस्थामा गाडीमा आगजनी भएको उहाँले बताउनुभयो । 

बडुवालले एक अज्ञात समूहले गाडी आगजनी गरेको उल्लेख  गर्नुभएको छ। “चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए,’ उहाँले भन्नुभयो, “चालकको  सावधानी कारण गाडी ठुलो क्षति क्षति भने हुन सकेन ।”

घटनाबारे इलाका प्रहरी कार्यालय राकमले अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : २४ बजे