हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

भरतपुर महानगरपालिकालाई पार्टीको भर्ती केन्द्र बनाइयो : विक्रम पाण्डे

चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले भरतपुर महानगरपालिकालाई पार्टी कार्यालय जस्तो बनाएको बताउनुभएको छ । 

महानगर जनताले तिरेको करबाट चलेको भन्दै उहाँले तिरो तिर्न आउँदा पनि पार्टीगत रूपमा जनतालाई विभेद गरिएको बताउनुभयो। महानगरलाइ भर्ती केन्द्रजस्तो बनाएर पार्टीका कार्यकर्ता भर्ती गरिएको उहाँको भनाइ छ । 

भरतपुर महानगरपालिका र माडी नगरपालिका सम्भावना बोकेको ठाउँ भएको उहाँले बताउनुभयो । 

राप्रपा र एमाले राष्ट्रियताको सवालमा एक भएको भन्दै उहाँले राष्ट्रियताको सवालमा ओलीलाई धेरै माथि रहेको बताउनुभयो । ‘म राजनीति गर्न जाने होइन विकास गर्न जान्ने व्यक्ति हो’, उहाँले भन्नुभयो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ३७ बजे