दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

धर्मश्रीमा धाँधलीको आरोप

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् । शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित व्यवहार भएको बताएका हुन् ।  

‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो,’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले भने । 

आयोजकले सधैँ खेलाडीलाई अपहेलित गरेको र त्यसैकारण आफूहरू मुख खोल्न बाध्य भएको खेलाडी सागर विकले भने । ‘आयोजकबाट हामी सधैँ अपहेलित हुन्छौँ । त्यसैले आगामी पुस्तालाई यस्तो नहोस् भनेर पत्रकार सम्मेलन गरेका हौं,’ विकले पत्रकार सम्मेलन गर्नुको उद्देश्य बताए । सागर वेलायतबाट सहभागी हुन नेपाल आएका थिए ।

पत्रकार सम्मेलनमा गोपाल लिम्बू, अवतार श्रेष्ठ, विशु राम केसी, अनुज मास्के, सनम मुलगुढी, पुजा श्रेष्ठ, विनिता राई लगायतको सहभागिता थियो । 

महिला सहभागी खेलाडी सनमले प्रतियोगिता व्यवस्थित नभएको र खेलाडी सधैँ अपहेलित हुनु परेको बताइन् । 

‘मैले बारम्बार आयोजकसग बुझ्ने प्रयास गरेँ । तर, हामीले प्रतिस्पर्धामा लगाउने पोशाकसमेत कुन भन्ने थाहा पाउन सकेनौं,’ सनमले आरोप लगाइन् । सहभागी प्रतिस्पर्धीले उपाधि दावेदारलाई शीर्ष १५ बाटै बाहिर राखेर आयोजकले आफू अनुकूललाई च्याम्पियन बनाएकोसमेत आरोप लगाए ।  

शनिबार भएको प्रतियोगितामा झापाका उमेश राईले १६औं धर्मश्रीको उपाधि जितेका थिए । एनआरके फिटनेशका राईले झापा ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै १० लाख पुरस्कार प्राप्त गरे । धिमाल दोस्रो हुँदा कृष्णबहादुर सूर्यवंशी तेस्रो भए । दुबैले क्रमशः पाँच लाख र दुई लाख रुपैयाँ पाए । 

यस्तै  धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुषतर्फ आयोजक नेपाल व्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामा विजयी भए । विजयी दुबैले दुई लाख प्राप्त गरे । 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ३८ बजे