हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एक अर्काको झन्डा प्रयोग गर्ने गठबन्धनका नेतालाई आयोगले पहिला कारबाही गरोस् :अध्यक्ष ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले विद्रोही उम्मेदवारलाई थर्काउने काम गरेको बताउनुभएको छ । आयोगले अर्काको झण्डा प्रयोग नगर्न भन्दै दिएको आदेशलाई लक्षित गर्दै उहाँले प्रधानमन्त्री देउवाले नै हसिया हतौडा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले रुखको झण्डा बोक्ने आचारसंहिता विपरित हुने कि नहुने भनी प्रश्न गर्नुभएको छ ।

वुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले डढेलधुरामा प्रधानमन्त्री पत्नी आरजु राणाले चुनाव हारे बजेट नदिने भन्दै दिएको अभिव्यक्तीको कडारुपमा प्रतिवाद गर्नुभयो । उहाँले आगामी एक पटकको बजेट बाहेक अर्को बजेट गठबन्धनकारीले बनाउन नपाउने भन्दै बजेट नआउँला कि भनेर कसैले चिन्ता गर्नु नपर्ने बताउनुभयो । गठबन्धन दल जति मिले पनि फरक नपर्ने भन्दै ओलीले एकातिर एउटा शेर र अर्का तिर १० वटा स्याल भएर केही फरक नपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०४ बजे