हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

बेसीशहर : सधै जित्ने अर्याल,फेरि जीतको प्रतिक्षामा

काठमाडौँ । निर्वाचनमा सधै जित्दै आउनु भएका गुमानसिंह अर्यालले मतदाताको घरदैलोमा पुग्दा आफूमा थप उर्जा र उत्साह थपिएको बताउनुभएको छ । गुमानसिंहले निर्वाचन लडेपछि कहिले पनि हार्नु पर्दैन भन्ने मान्यताई पुष्टि गर्न नेकपा एमालेले पुन ः बेसीशहरको नगरप्रमुखको उम्मेदवार बनाएको छ ।

संघीयतापछि पहिलो कार्यकालमा बेसीशहरलाई नमूना नगरपालिका बनाउन सफल अर्याल आम मतदातको घरदैलोमा पुग्दा उत्साहीत बन्नु भएको छ । नेकपा एमाले पक्तिले मात्र होईन काँग्रेस र अन्य दलसंग आवद्ध भएकाहरुले पनि अर्यालको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

निष्ठा, इमान र सुशासनका प्रतिक अर्याललाई आम बेसीशहरबासीले अभिभावकको रुपमा लिने गरेका छन् । अर्यालले भन्नुभयो ‘बेसीशहरबासीले आफूलाई सबैको साझा उम्मेदेवारको रुपमा लिएका छन् । विपक्षी उम्मेदवारसंग प्रतिस्पर्धा नै हुँदैन । जितेपछि पनि सबैको भावनालाई सम्मान गर्दै काम गर्छु ।’

यसअघि नगरप्रमुखको भूमिका सफलता पूर्वक सम्पन्न गर्नुभएका उहाँ दैनिक १८ घण्टा भन्दा बढी समय आम नागरिकका लागि खट्नुहुन्छ ।

२०७४ को स्थानीय निर्वाचनमा ७ हजार ६ सय २४ मत ल्याएर अर्यालले तत्कालिन कांग्रेस सभापति समेत रहेका भेषबहादुर पौडेललाई पराजित गर्नुभएको थियो । नगरप्रमुख भएसंगै ५ बर्षको अवधीमा नगरको समृद्धि र विकासमा फड्को मार्न सफल अर्याल विवादरहित रुपमा ५ बर्ष नगरप्रमुखका रुपमा बेसीशहरको नेतृत्व गर्न सफल हुनुभयो ।

आफ्नो कार्यकालमा उहाँले ४८ बटा सडक कालोपत्रे र ढलान, किसानलाई ५ सय भन्दाबढी हातेट्याक्टर बितरण, नगरपालिकाको लागि भवनको ब्यबस्था, कर्मचारीको उचित ब्यबस्थान गर्नुभयो । त्यस्तै ७३ वटा कानून निर्माण, ७९ वटा सामुदायिक भवन, ५ वटा वडा कार्यालय भवन निर्माण, कृषि, पशुपालन र स्वास्थ्य लगायतका क्षेत्रमा उहाँले उल्लेख्य कामहरु गर्नुभयो ।
५ बर्षको अवधिमा ८१ वटा बैठक र १० वटा नगरसभा सम्पन्न भएका छन् । सबै बैठक र नगरसभा विना विवाद सम्पन्न भएका छन् भने बैठक तथा नगरसभाले गरेका निर्णय सतप्रतिशत कार्यान्वयन भएका छन् ।

यी र यस्तै कामले लोकप्रिय अर्यालले मतदाताको घरदैलोमा पुग्दा आफू यसपटक विगतको भन्दापनि बढी उत्साहित भएको बताउनुभयो । ११ वटा वडा रह्ेको बेसीशहर नगरपालिकामा अधिकांश वडामा आफू पुगिसकेको र अब केही वडामा मात्र जान बाँकी रहको अर्यालले बताउनुभयो ।

नेकपा एमालेका मजवुत संगठन, मतदाताको आफूप्रतिको विश्वास र मायाले अघिल्लो निर्वाचनको दोब्बर मतान्तरले जित्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य अर्यालले समाजशास्त्र र राजनीतिक शास्त्रमा स्नाकोत्तर गर्नुभएको छ । बरिष्ठ अधिबक्ता समेत रहेका उहाँले मस्र्याङ्दी क्याम्पसमा १६ बर्ष पढाउदा विद्यार्थीका बीच थप लोकप्रियता हासिल गर्नुभएको थियो ।

निष्ठा र इमानका पर्यावाची अर्यालले विगतका अधुरा कामलाई पूर्णता दिन र समृद्ध बेसीशहर निर्माणका लागि आफ्नो उम्मेद्वारी रहेको बताउँदै आउनु भएको छ । अर्यालले जतिसुकै गठबन्धन भएपनि आफूलाई आम नगरबासीको साथ र सहयोगले सहजै जित्ने बताउनुभयो ।

यसपटक प्रमुख अर्यालसंगै उपप्रमुखमा पद्मा गुरुङको उम्मेदवारीले पनि बेसीशहरमा थप चर्चा पाएको छ । राजनीति र समाजसेवाका लागि आफ्नो १७ बर्षभन्दा लामो स्थायी शिक्षण पेशालाई पूर्ण विराम लगाएर मैदानमा उत्रनु भएका गुरुङ महिला र आम नगरबासीमा गर्विलो उचाई बनाउन सफल हुनुभएको छ ।

ग्रामिण सामुदायिक विकास केन्द्र(आरसिडीसी ) को अध्यक्ष जस्तो महत्वपूर्ण संस्थाका नेतृत्व गर्न सफल गुरुङ निडर, इमान र सबैकाबीच लाेकप्रिय रहनु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०० बजे