हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

गठबन्धनले हार स्वीकार्‍यो : एमाले नेतृ सीता पौडेल

चितवन । नेकपा एमालेको स्थायी कमिटी सदस्य सीता पौडेलले गठबन्धन दलका नेताहरू भरतपुरमा आएर स्यालहुइँया गरेर गएको टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले चितवनले नारायणगढको क्याम्पा चौरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै उहाँले गठबन्धन दलका नेताहरूलाई स्यालको संज्ञा दिनुभयो।

३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव सामान्य परिस्थितिमा हुन नलागेको उहाँले बताउनुभयो । गठबन्धन दलका नेताहरूले भरतपुर महानगरपालिकाका जनतालाई धम्काएर गएको भन्दै जनताले माओवादीलाई चिनिसकेको बताउनुभयो । 

परमादेशको भरमा बनेको सरकारले महंगी थपेको भन्दै उहाँले राष्ट्रियताको रक्षा गर्ने पार्टी एमाले मात्र भएको बताउनुभयो ।  गठबन्धनले हार स्वीकार गरिसकेको भन्दै उहाँले भरतपुरमा नेपाली कांग्रेसले गलत बाटो लिएपछि कांग्रेसकै नेताहरुले विद्रोह गरेर स्वतन्त्र उम्मेद्बारी दिएको बताउनुभयो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ५१ बजे