देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सबैभन्दा पहिले सुकुम्वासीलाई लालपुर्जा

एमालेका मेयरका उमेद्वार,तुलसीपुर उपमहानगरपालिका

टिकाराम खड्का तुलसीपुर १८ अक्कासेका भूमिहिन सुकुम्वासी हुनुहुन्छ । १२ बर्षको उमेरदेखी कम्युनिष्ट राजनीतीमा लागेका खड्का यसक्षेत्रमा सादगी नेताका रुपमा परिचित हुनुहुन्छ । एमालेले सादगी नेता खड्कालाई तुलसीपुर उमपहानगरपालिकामा मेयरको उमेद्वार बनाएके छ । प्रस्तुत छ उम्मेदवार खड्कासंगको कुराकानी

तुलसीपुर उपमहानगरपलिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?

तुलसीपुरको समग्र विकास गर्दै उपमहानगरको मुहार फेर्ने जिम्मेवारी वहन गर्न मेरो उम्मेदवारी हो । तुलसीपुरलाई शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गरिएको छ । प्राविधिक धारका युग सुहाउंदा प्रयाप्त शैक्षिक कार्यक्रम सुरु भइसकेका छन । यसलाई थप प्रकावकारी बनाउँदै बाँकी जनपक्षीय काम गर्न हाम्रो उम्मेदवारी हो ।

तपाई विजयी हुनुभयो भने सबैभन्दा पहिले के काम गर्नुहुन्छ ?

पहिलो काम सुकुम्वासीलाई जग्गाधनी लालपुर्जा उपलव्ध गराउने हो । किसान र भूमिहिनलाई जग्गाको मालिक बनाउने एमालेको अभियानमा अवरोध सिर्जना गरिएको छ । २०५१ मै जग्गा धनी पुर्जा दिएर एमालले काम गरेरै देखाएको छ । सुकुम्वासी, भुमिहिन किसानलाई पुर्जा दिने काम गर्नेछौं । किनभने म स्वयं सुकुम्वासी हुँ । त्यसको पीडा मलाई अझै धेरै थाहा छ । त्यो समस्या समाधान गर्ने पहिलो प्राथमिकता हो । अर्को एक घर एक धारा पु¥याउने र त्यसका लागि खानेपानी आयोजना निर्माण, व्यवस्थापनको काम गर्ने, तार केवलका कारण तुलसीपुर अस्तव्यस्त देखिन्छ ।

भुमिगतरुपमा केवल विस्तार गरेर हराभरा शहर निर्माण गर्ने, सार्वजनिक जमिनको संरक्षण गर्दै कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गर्दै कृषिजन्य उत्पादनको बजारीकरण गर्ने छौं ।

त्यस्तै चिस्यान केन्द्र निर्माण, कृषिमा अनुदानको व्यवस्थापन, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ठूलो युवा जनशक्तिको सदुपयोग गर्ने र उनीहरुलाई स्वरोजगारमा जोड्ने, गरिव र विपन्न परिवारलाई निःशुल्क उपचार सेवा, तुलसीपुरमै सञ्चालित मेट्रो अस्पतालबाटै विशेषज्ञ सेवा दिएर उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्नेछौं ।

यसैगरी सूचना प्रबिधिको जमाना छ । विभिन्न प्रविधिलाई सदुपयोग गर्दै उपमहानगरलाई डिजिटलाइज्ड गर्ने, ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता पु¥याउने, संघ, प्रदेश र स्थानीय तहबाट निर्माण भएका कच्ची सडकलाई कालोपत्रे गर्ने, सुकौराकोट, छिल्लीकोटजस्ता पर्यटकिय क्षेत्र र मन्दिर,गुम्वा, मस्जिद, चर्चहरुको संरक्षण गर्दै तुलसीपुरलाई सबै जाति, भाषा, धर्मको साझा फूलवारीकोरुपमा स्थापित गर्ने काम हामीले गर्नेछौं ।

गठबन्धनको कसरी सामना गर्नुहुन्छ ?

मैले जन्मेदेखि नै ठूलठूला चूनौतिको सामना गर्दै यहाँसम्म आइपुगेको छु । डेढ वर्ष हुँदा आमा गुमाए, १४ वर्ष हुँदा बुवा गुमाएर एक्लो बनेको म आज संघर्ष, चूनौतिको सामना गर्दै यहाँसम्म आइपुगेको छु । हरेक प्रतिकुलतामा रमाउन जानेरै यहाँ आइपुगेको हुँ । हरेक अप्ठेरोमा उभिनसक्छु । म गठवन्धनसँगै लडेर पहिलो बन्नेछु । गठवन्धन जतिसुकै होउन, तुलसीपुरका जनता टिकारामकै पक्षमा हुनुहुन्छ ।

तपाईले जित्ने आधार के हुन ?

आधार भनेको जनताको विश्वास हो । पहिलो कुरा म जमिनदारसँग चुनाव लड्दैछु । नेपाली काँग्रेसको नेता जसले आफ्नै जमिन बाँझो राखेर अस्तव्यस्त राख्नु भएको छ । म सुकुम्वासी, भुमिहिन मान्छे हुँ । म पञ्चायतको विरुद्ध लडे, लोकतन्त्रको पक्षमा लडे, गणतन्त्र प्राप्तिका लागि लडे, ४३ वर्षको मेरो संघर्ष आम मतदाताले चिन्नु भएको छ । देख्नु भएको छ । मैले चिनाउनै पर्दैन । समाजका हरेक वर्ग, समुदायले मेरो व्यवहार महसुस गर्नुभएको छ । मैले कसैसँग रिसाउन जानेन, यो फरक विचारको भनेर कहिल्यै छुट्याइन, कसैलाई विभेद गरेन, फरक विचार राख्नेहरुसँग पनि हातेमालो गरेर जिल्लाको विकासका लागि काम गरेको छु ।
यसअघि पनि नेपाली काँग्रेसलगायत पार्टीसँग चुनाव लडेकै हो । अहिले पनि उनै त हुन । अझ भन्ने हो भने मेरो प्रतिष्पर्धा जनताले मौका दिएर परिक्षण गरिसकेका हुनुहुन्छ । देखिसक्नु भएको छ । त्यसैले म पहिलो हुनेमा शंका छैन । जनताको विश्वासलाई शिरोपर गरेर सुन्दर शहर निर्माण, सुशासनयुक्त प्रशासन, भ्रष्टाचारमुक्त उपमहानगर बनाउनेछु ।

गणेश आचार्य

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ४९ बजे