मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रोल्पा  । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । 

रोल्पाको माडी गाउँपालिकाको घर्ती गाउँबाट परिवर्तन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपालिका–४ तार्केबाङ नजिक शनिवार साँझ दुर्घटना हुँदा उहाँको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  रासस

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ५५ बजे