हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

अहिलेको निर्वाचन पूँजीवादी दक्षिणपन्थी र अग्रगामी समाजवादी शक्तिको बीचमा हो : उपाध्यक्ष थापा

चितवन – नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने भएको बताउनुभएको छ । एमाले चितवन प्रचार विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले स्थानीय निर्वाचनको महत्वलाई बुझ्दै चनाखो भएर लाग्न जरुरी रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो निर्वाचनको महत्व छ । यसमा निर्वाचन जित्नका लागि षडयन्त्र हुन सक्छ । चनाखो भएर लाग्न जरुरी रहेको छ ।” अहिलेको निर्वाचन पूँजीवादी दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बीचमा भएको भन्दै उहाँले अग्रगामी शक्तिको जीत सुनिश्चित रहेको बताउनुभयो । 

    पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले एमालेबाट लोकतन्त्र, सुशासन र समृद्धि जनताले प्रत्याभूत गरेको बताउँदै उहाँले भन्नुभयो, “एमालेले बहुमतले विजयी प्राप्त गर्दा समृद्धि, सुशासन र लोकतन्त्रको रक्षा हुन्छ ।” भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिका साथ एमाले निर्वाचनमा लागेको बताउँदै उहाँले समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको जीत हुन आवश्यक रहेको बताउनुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ५३ बजे