हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एमाले सचिवालय बैठक बस्दै

मकवानपुरमा आजबाट माइकिङ बन्द

हेटौँडा।​​​​​​​ मकवानपुरमा आज शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारीसाधनमा माइकिङ गर्न तथा सार्वजनिक सबारीसाधनमा झण्डा राख्न नपाइने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडीमार्फत हुने माइकिङले ध्वनि प्रदूषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आजबाट बन्द गर्ने निर्णय गरेको हो । अब सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिनेछ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : ३८ बजे