‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नगद लुटपाट गरेको अभियोगमा पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित ग्लोबल जिप्याङ टुअर एण्ड ट्राभल नामक आएमईका कर्मचारी दिपक मल्लको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं नयाँबानेश्वर बस्ने दाङ लुल्सीपुर भर भएका १७ वर्षीय किशोर लगायत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त आएमईमा अपरिचित ब्यक्तिहरुले धारिलो हतियार खुकुरी देखाई कर्मचारीको साथबाट उक्त नगद लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट
खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई नगद ५९ हजार ७ सय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  २ : ४८ बजे