हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सामाजिक न्याय स्थापित गर्न एमालेलाई जिताऔँ

बागलुङ ।   नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा सङ्घीय सांसद मनकुमारी के.सी जि.सीले सामाजिक न्यायको आर्थिक विकास र समृद्धिका लागि नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन आव्हान गर्नुभयो । 

नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तर्गत वडा नं. ६ ले किम्बोटमा आयोजना गरेको चुनावी सभामा बोल्दै के.सीले यस्तो बताउनु भएको हो । 

मुलुक पुजिँवाद कि समाजवाद तर्फ जाने भन्ने अवस्थामा रहेको चर्चा गर्दै उहाँले एमालेको नेतृत्वमा मात्र समाजवादको यात्रा सफल हुने भएकोले तिन वटै सरकारमा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । 

एमालेको नेतृत्वमा राष्ट्रियता, लोककल्याणकारी राज्य स्थापना, समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा उल्लेख्य काम भएको र तिनै कामका आधारमा जनताले एमाले खोजेको उहाँको भनाइ थियो । 

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुमाकुमारी जि.सी (अञ्जु), प्रदेश कमिटी सदस्य रामबहादुर जि.सी, जिल्ला कमिटी सदस्य नविन कँडेल, राप्रपा वडा कमिटी अध्यक्ष डिलाराम कँडेल लगायतले काठेखोला गाउँपालिकाको समृद्धिका लागि एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले काठेखोला गाउँपालिका अध्यक्षका उम्मेदवार डिल बहादुर कार्कीले एमालेले बनाएको जनमुखी प्रतिबद्धता पत्र सहित चुनावमा होमिएको र त्यही प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो । उहाँले अध्यक्ष जितेपछि आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमालेका तर्फबाट वडा नं. ६ मा वडा अध्यक्ष पदका उम्मेदवार हरिलाल कँडेल, वडा सदस्यका उम्मेदवार लिलाधर ढुंगाना, सन्दिप कँडेल, माधवी कँडेल र कान्त वि.कले वडाका समस्या पहिचान गरी सकेका छौँ, समस्या समाधानका लागि सबै सँग सहकार्य, समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष थानेश्वर कँडेलको अध्यक्षता, एमाले काठेखोलाका उपाध्यक्ष तथा वडा नं. ६ का वडा अध्यक्ष युक्त प्रसाद कँडेलको सञ्चालन र बालानन्द कँडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : ३३ बजे