रोशी गाउँपालिकाका अध्यक्षद्वारा पद बाट राजिनामा, काग्रेंस पनि परित्याग

काभ्रे । रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । उहाँले नेपालदी काग्रेंससमेत परित्याग गर्नुभएको छ ।  बैशाख ११ गते उम्मेदवारी दर्ताको दिन नेपाली काँग्रेसको कुनै पनि पदमा नरहने भनी पार्टीलाई लामाले राजिनामा बुझाउनु भएको थियो । राजिना घोषणा गर्दा अध्यक्ष लामा भावुक हुनुभएको थियो भने सहभागि सबैका आँखा रसाएका थिए ।

रोशीमा लोकप्रिय रहेका लामाले दोश्रो पटक पालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोरिन ईच्या राखेपनि  काग्रेंसले टिकट अरुलाई नै दिएपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । हुनत नेकपा माओवादी केन्द्रबाट  नेपाली काँग्रेस प्रवेश गर्नु भएका लामालाई नेपाली काँग्रेसले भर्खरै सम्पन्न महाधिबेशनमासमेत कुनै पदमा जिम्मेवारी प्रदान गरेन । उहाँले उत्पादन गरेका थुप्रै कार्यकर्ताहरुले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरिरहँदा लामालाई पार्टीले वेवास्ता गरेको महसुस हुँदै आएको थियो ।

अझ गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारीमासमेत पुनः नदोहो¥याए पछि लामाले पार्टीबाटै राजिनामा दिनुभएको हो । बैशाख ११ गते नै पार्टीबाट राजिनामा दिए पनि लामाको राजिनामा बारे पार्टीले कुनै चासो राखेन  । बैशाख २३ गते शुक्रबार कार्यालयमा कार्यरत सबै कर्मचारीहरु, शिक्षक तथा अन्य क्षेत्रका ब्यक्तिहरु, पुनः जनप्रतिनिधि हुन राजिनामा दिएका बाहेक अन्य जनप्रतिनिधिहरुको विशाल सहभागितामा कार्यकाल सफल बनाउन सहयोग पु‘याएकोमा धन्यवाद दिदै लामाले राजिनामाको घोषणा गर्नु भयो । उहाँले राजिनामा उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेतीलाई बुझाउनु भयो ।

‘लामाको राजिनामा पनि गठवन्धनलाई धक्का पुगेको छ । रोशीमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष बागबन्डा गरेको छ । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ३६ बजे