हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारको उम्मेदवारी फिर्ता

रूपन्देही । नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवारले नेकपा एमालेलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदका उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

शितगंगा नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमालेहरु उत्साहीत भएका छन् ।

उक्त वडा माओवादीको प्रभाव क्षेत्रको रुपमा चिनिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : १९ बजे