पूर्वी चीनमा पाइलअपमा ५ जनाको मृत्यु, ३ जना घाइते

हेफेई। पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दिउँसो १:५० बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो । 

घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको  बताइएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । रासस-सिन्ह्वा

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : १७ बजे