हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

समृद्ध कटारीको सपना साकार पार्ने आकांक्षा

ज्ञानेन्द्र श्रेष्ठ (काजी),
नगरप्रमुखको उम्मेदवार
कटारी नगरपालिका, उदयपुर

साविकका रिस्कु, लेखानी, मयंखु, हर्देनी, लिम्पाटार, सोरुङ्ग छविसे, सिरिसे गाविस र कटारी नगरपालिका मिलेर २०७१ सालमा स्थापना भएको कटारी नगरपालिकाको पहिलो नगर प्रमुखको रुपमा निर्वाचित ज्ञानेन्द्र श्रेष्ठको जन्म २०२४ सालमा भएको हो ।

स्थानीय त्रिवेणी माध्यमिक विद्यालयमा माध्यमिक तहसम्मको अध्ययन गरेका श्रेष्ठले सोही विद्यालयबाट एसएलसीसम्मको अध्ययन पुरा गर्नुभएको छ । स्थानीय यातायात व्यवसायीका रुपमा परिचित श्रेष्ठ मकवानपुरका अग्रज त्रिचन्द्र शर्मा र भाष्कर पौडेलले एमाले पार्टीको बर्णन गरेको सुनेर पार्टी प्रतिको मोह जागी नेकपा एमालेको सदस्य भई २०४६ सालमा एमालेमा आवद्ध भई सक्रिय राजनीतिमा होमिनुभएको हो ।

पार्टीको गाउँ कमिटीमा आवद्ध हुनुभएको श्रेष्ठ नगर पार्टी कमिटीको जिम्मेवारी सम्हाल्दै लामो समय उदयपुर एमालेको सहसचिवको भूमिकामा रहनुभयो । उहाँ हाल नेकपा एमाले उदयपुरका उपाध्यक्ष हुनुहुन्छ ।

सरल, शालीन र भद्र स्वभावका श्रेष्ठ जनतालाई समस्या परेका वेला दिनरात नभनी दुःखमा साथ दिन उहाँकै घरदैलोमा पुगेर सान्त्वना दिनुहुन्छ । विकासप्रेमी नेताको रुपमा चिनिनुभएका श्रेष्ठले पाँच वर्षसम्म नगरप्रमुखको रुपमा रही काम गर्दा थुप्रै प्रशंसनीय कामहरु गर्नुभएको छ । सिद्धिचरण राजमार्ग निर्माणको काम शुरु गरिएको छ । विभिन्न ठाउँका भित्रि सडक संजाल विस्तार गरिएको छ । ग्रामिण बाटोहरु कालोपत्रे भएका छन् । सडक ढलानका कामहरु भएका छन् । कृषिमा यान्त्रिकीकरण, कृषि सडक निर्माण, सिंचाईको लागि पक्की कुलो निर्माणको काम भएको छ । किसान परिचयपत्र लागू गरिएको छ । पर्यटनतर्फ सिमसार क्षेत्र व्यवस्थापन, हरियाली पार्क निर्माण, प्याराग्लाईडिङ्ग, बेतेनीलाई पर्यटकीय स्थल बनाउनका लागि विभिन्न योजना निर्माण कार्य थालिएको छ । खेलकुदको विकासका लागि रंगशालाको काम सम्पन्न गरिएको छ भने कवर्ड हलको निर्माण सम्पन्न भएको छ । स्वास्थ्य कार्यालयका भवनहरु निर्माण शहरी स्वास्थ्य क्लिनिकको व्यवस्था, विभिन्न धर्मावलम्वीहरुका लागि मठ मन्दिर निर्माण, बृद्धाश्रम निर्माण, हिंसा प्रभावित महिलाहरुको लागि सुरक्षाबासको व्यवस्था, नगरपालिकामा मनोविमर्श सेवाका लागि छुट्टै शाखा स्थापना, पालिकामा कानुन शाखाको स्थापना गरी कानुनी सेवा तथा परामर्शको व्यवस्था, सचेतनाका लागि तालिमको प्याकेजहरु गाउँ बस्ती पु¥याउनुको साथै सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको कार्य थालनी लगायत थुप्रै कामहरु सम्पन्न भएका छन् ।

अमेरिका, वेलायत, जापान, स्विजरल्याण्ड, थाईल्याण्ड, साउथ अप्रिका, मलेसिया, दुवई, माल्दिभ्स, चीन, सिंगापुर, हङ्गकङ्ग र माल्दिभ्स लगायतका विभिन्न १७ देशको भ्रमण गरी त्यहाँको विकास निर्माण देखेर प्रभावित हुनुभएका नगर प्रमुख श्रेष्ठको समृद्ध कटारी नगर बनाउने सपनालाई विपनामा परिणत गर्नका लागि आफुलाई पुनः एक पटक विश्वास गरिदिनुहुन अनुरोध गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, कटारी नगरपालिकामा पहाडदेखि तराईसम्मका भूभागहरु छन् । विकासको प्रचुर सम्भावना बोकेको नगरपालिका हो । हामीले पाँच वर्षको अवधिका कैयौ कामहरु सम्पन्न ग¥यौं । थालिएका धेरै योजनाहरु अधुरा र अपूरा छन् ति अधुरा योजना पूरा गर्नको लागि नेकपा एमालेले विश्वास गरेका कारण दोस्रो पटक उम्मेदवार भई जनता माझ आएको छु अमूल्य मत दिई विजयी गराउनु हुन अनुरोध गर्दछु ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : ४३ बजे