हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

इटहरी : एमालेको विजय सुनिश्चित

इटहरी । एमाले सुनसरीका पूर्वअध्यक्ष तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरीमा एमालेका मेयर र उपमेयरका उमेदवारको विजय सुनिश्चित रहेको बताउनु भएको छ ।

इटहरीको १६ नम्बर वडामा एमालेको घरदैलो कार्यक्रममा बोल्दै उहाँले बिजयको घोषणा हुन मात्र वाँकी रहेको वताउनुभयो ।

गठवन्धन भन्ने पार्टी नभएकाले एमालेले इटहरीमाविजयी हासिल गर्ने बताउनुभयो । उहाँले अहिले सम्म निर्विवादित रहेका शालिन नेता याम सुब्बालाई एमालेले उम्मेदवार वनाएको वताउनुभयो । गठबन्धनका तर्फबाट इटहरीको उपमेयरपदका उम्मेदवार केशवकुमार विष्टसँग एमालेकी उमेदवार चौधरीसँग प्रतिस्पार्धा गर्ने मत नरहेको बताउनुभयो ।

अहिले प्रतिपक्षले एमालेको कमाण्डमा चलेको इटहरी उपमहानगरले पाँच वर्षमा कुनै काम नगरेको भनेर अर्नगल प्रचार मात्रै गरेको उहाँले बताउनुभयो । पाँच वर्षमा कुनै काम भएन भन्नेलाई गाउँ–गाउँमा दुई लेन सडक पुगेको कुनै पालिका देखाउन उहाँले चुनौति दिनुभयो । यदि कुनै काम नगरेको कसैले पुष्टि गरे आफू राजिनामा दिन तयार रहेको उहाँले बताउनुभयो । तुलना गर्न अन्तकतै नगए हुने विराटनगर र इनरुवासँग इटहरीलाई तुलना गर्न उहाँले सुझाउनुभयो ।

त्यहिबाट एमालेको सरकारले गरेका काम कति छ भनेर देखिने उहाँको तर्क छ । यसैगरि गाउँलाई सहरसँग जोड्न उल्लेख्य मात्रामा सडक विस्तार गरिएको उहाँले जानकारी दिनुभयो । पाँच वर्षमा उपमहानगरबाट मात्रै दुई सय मिटर सडक कालोपत्रे गरेको उहाँले जानकारी दिनुभयो ।

इटहरीलाई एमालेमय वनाइने

नेकपा एमालेका नेता प्रदेश सांसद लिलम वस्नेतले एमालेले इटहरीमा मेयर उपमेयर सहित २० वटै वडा जित्ने बताउनु भएको छ ।

एमालेले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा गरेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले इटहरीलाई एमालेमय वनाइने वताउनुभयो । २० औ बर्ष देखि अनवरत रुपमा पार्टी निर्माणमा खटेर अहिलेको अवस्थामा ल्याइपुरयाउने याम सुब्बा,शिक्षा र सहकारीको क्षेत्रमा समेत योगदान पुरयाएकी संगीता चौधरीले विजय हासिल गर्ने उहाँको भनाई छ ।

वडा नम्बर ९ मा एमाले सरकारकै पालमा धेरै काम भएकाले अव पुन युवा जितेन थापा अध्यक्ष रहेको एमालेका उमेदवारलाई जिताउन उहाँले वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : ३८ बजे