हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । 

एमाले र कांग्रेसका कार्यक्रताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।  

प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : ३० बजे