नेपाल निर्वाचनमय भएको छ । गठबन्धन सरकारको अनिच्छाको बाबजुद स्थानीय निर्वाचन संविधानले तोकेको समयमा हुने अब पक्का भएको छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भइसकेपछि बनेको संविधानमा व्यवस्था भएबमोजिम अधिकार सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन जनताको घरदैलोमा आइपुगेको छ । यो निर्वाचनमा देशको सबभन्दा ठुलो राजनीतिक शक्ति नेकपा९एमाले० नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनविच कडा चुनावी टक्कर हुदैछ । चुनावी प्रतिस्पर्धा एमाले सबैतिर हाबी हुने लगभग पक्का छ ।
नेकपा(एमाले)को उद्गम नौलो जनवादी कार्यक्रम र लडाकु पार्टीको रूपमा भएको थियो । एमालेको प्रमुख घटक तत्कालीन माले थियो । २०३७ सालदेखि जनपरिचालनको कार्यनीति लिएर तत्कालीन नेकपा९माले०ले आफूलाई व्यापक जनतामा आफूलाई स्थापित गर्यो । कठोर पञ्चायती दमन छलेर उसले आफ्नो राष्ट्रव्यापी सञ्जाल मात्र निर्माण गरेन, नेपाली काँग्रेससँग मिलेर पञ्चायती निरंकुशताको अन्त्य गर्न सफल भयो । २०४६ सालको परिवर्तनपछि भएको संसदीय निर्वाचनमा सशक्त प्रतिपक्षमा संसद्मा उपस्थित भएपछि तत्कालीन महासचिव मदन भण्डारीले नब्बेको दशकमा विश्वमा आएको परिवर्तन र नेपाली जनताको बहुदलवादी चरित्रसँग मेल खाने जनताको बहुदलीय जनवादलाई आफ्नो पार्टीको सर्व स्वीकृत नीतिको रूपमा अगाडि बढाउन सफल हुनुभयो । वाम आन्दोलनका विभिन्न भङ्गालाहरुलाई समेट्दै एमाले अगाडि बढ्यो ।
लोकतन्त्रका विश्वव्यापी मान्यतालाई एमालेले देशको समग्र परिवेशमा मात्र होइन, आफ्नो आन्तरिक पार्टी जीवनमा समेत पूर्णरुपेण आत्मसात् गर्यो । परिणामस्वरूप एमालेले सो अघि नेपाली काँग्रेसको प्रभावमा रहेको नेपालको राष्ट्रिय पुँजीपति वर्ग र मध्यम वर्गमाथि आफ्नो प्रभाव विस्तार गर्न सफल भयो । लोकतन्त्र, राष्ट्रियता, जनजीविका, मानवअधिकार, विधिको शासनप्रतिको उसको प्रष्ट अडानका कारण सबै तहका जनतामा आफ्नो विश्वसनीयता निरन्तर बढाउन एमाले सफल रह्यो । के पी ओली नेतृत्वको ४१ महिने सरकारले देशको भू(भाग जोगाउने, बढाउने र देशमा विकास र समृद्धिको क्षेत्रमा कायापलट गर्यो । समाजवादको आधार तयार पार्यो ।
नेकपा (एमाले)आजको नेपालको सबभन्दा ठुलो राजनीतिक शक्ति हो । नेकपा९एमाले०मा समकालीन नेपाली राजनीतिमा सबभन्दा शीर्ष र सबल नेतृत्व पुञ्ज छ । २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ सालको जनक्रान्तिको सफल नेतृत्व गरेका नेताहरू केवल नेकपा९एमाले०मा मात्र छन् । के पी ओलीको राजनीतिक उचाइ र सुझबुझ, ईश्वर पोखरेलको कुशल सांगठानिक व्यवस्थापन र शङ्कर पोखरेलको वैचारिक क्षमता र कुशल साङ्गठनिक कार्यशैली वर्तमान नेपाली राजनीतिमा प्रतिस्पर्धारहित छन् ।
त्यस्तै राम बहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतका नेताहरूले जनतामा राम्रै प्रभाव राख्दछन् । नेपाली काँग्रेसको जस्तो नेतृत्वको स्खलन एमालेले भोग्नु परेको छैन । सधैँ मान र अपमानको बखेडा झिकेर पार्टीमा बबन्डर मच्चाउने माधव कुमार नेपाल केही आउटडेटेड नेता लिएर बाहिरिएपछि एमालेको राजनीतिक अग्र गतिले तीव्रता पाएको छ । पार्टी सबलीकरणमा अद्वितीय बल पुगेको छ । सबल र सही कार्यदिशा भएरै एमाले देशको सबभन्दा भरोसायोग्य पार्टी बनेको छ ।
अरू पार्टीका शीर्ष नेताहरूले समेत एमालेको साङ्गठनिक विस्तार र व्यवस्थापनलाई प्रशंसा गर्ने गरेका छन् । पार्टीले जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त अङ्गालेदेखि नै एमालेको आफ्नो आन्तरिक पार्टी जीवनमा लोकतन्त्रको पूर्णरुपेण अङ्गीकार गर्दै आएको छ । एमालेको विधान नेताको इच्छामा बन्धक हुने “सो पिस” होइन । पार्टी अध्यक्षदेखि सङ्गठित सदस्यसम्मले बराबरी सम्मान र परिपालना गर्ने गतिशील दस्ताबेज हो । पार्टीभित्रका सबै गतिविधि एउटा निश्चित पद्धति र परम्पराअनुसार चल्ने हुँदा पार्टीभित्र कोही पनि स्पेस विहीन हुनु पर्दैन । यही कारण हो, आज समाजका हरेक क्षेत्रमा एमालेका शक्तिशाली इकाई कार्यरत छन् । तिनै इकाईको वरिपरि लाखौँ लाख जनता गोलबन्द छन् । स्थानीय तहको चुनावको माहौल देख्दा लाग्छ, एमाले, के।पी ओली र सूर्य(चिन्ह सबभन्दा जनप्रिय बनेका छन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको प्रथम निर्वाचनले एमालेले भने जस्तो जनता नेपालकै विशिष्टतामा आधारित सङ्घीयताको पक्षमा छन् भन्ने प्रष्ट पारिसकेको छ । सङ्घीयतालाई आधार बनाएर देशमा अशान्ति मच्चाउन प्रयत्न गर्ने दृश्य अदृश्य शक्तिलाई परास्त गर्दै त्यस लगत्तै बनेको के पी ओली सरकारले स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक पर्ने सबै ऐन कानुनहरूको तर्जुमा गरिसकेको सन्दर्भमा आधारभूत तहमा एमाले विगतको भन्दा झन् शक्तिशाली बन्नु नितान्त स्वाभाविक छ ।
स्थानीय निर्वाचनमा जातीय पहिचानसहितको सङ्घीयताका पक्षधर र माओवादी वादी दल पनि सङ्घीयतामा खासै रुचि नराख्ने नेपाली काङ्ग्रेसको छाता मुनि गोलबन्द भएपछि मधेसमा समेत एमाले वर्चस्व विस्तार भएको छ । एमाले मधेस प्रदेशमा समेत प्रथम पार्टी बनेर उदाउने निश्चित भएको छ ।
नेपालको संविधान २०७२ प्रति सुरुमा केही असहमति राख्ने मधेसमा एमाले लोकप्रिय हुँदै गएको छ । अब ढुक्कसँग भन्न सकिन्छ, संविधानसभाभित्रको लामो रस्साकस्सी, राष्ट्रव्यापी छलफल, बहस र परामर्शपछि संविधानमा हाल व्यवस्था भएको सङ्घीयताको मोडललाई आसन्न स्थानीय तहको निर्वाचनमा मधेसी जनताले अनुमोदन गर्ने निश्चित प्रायः छ ।
तुलनात्मक हिसाबमा हेर्दा अधिकांश एमाले र माओवादी कार्यकर्ताहरू जनताको सेवामा अरू पार्टीभन्दा अब्बल छन् । उनीहरू सहकारी, बन उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, क्लब, विद्यालय व्यवस्थापन समिति, रेडक्रस, स्थानीय सामाजिक सङ्घ संस्थामा बाम कार्यकर्ताको बाहुल्यता रहँदै आएको छ । त्यसबाट उनीहरूको सक्षमता अभिवृद्धि भएको मात्र नभई आर्थिक पारदर्शिता र इमानदारी समेत जनताले अनुभूत गर्ने अवसर प्राप्त भएको छ । अधिकांशले “जीवन सङ्घर्ष हो, सङ्घर्ष हो जीवन” भन्ने गीत गाउँदै आफ्नो जीवनलाई समेत सङ्घर्षमय बनाएका छन् ।
नेपाली काँग्रेसका नेता कार्यकर्तामा गान्धीवादी निष्ठा र सरलता हराउँदै जानु, एमालेका स्थानीय नेता कार्यकर्तालाई बढी फाइदा भएको छ । यो वा त्यो जिम्मेवारीमा रहेर काम गर्दा अधिकांश एमाले नेता कार्यकर्ता “गन्हाउन” बाट बचेका छन् । व्यक्तिगत हितलाई देश र जनताको हितको अधीनस्थ राख्न सफल हजारौँ एमाले नेता कार्यकर्ताले मात्र स्थानीय सरकारको उत्तम नेतृत्व गर्न सक्छन् भन्ने तथ्य घामजस्तै छर्लङ्ग छ ।
नेकपा(एमाले)सँग एक्ला एक्लै प्रतिस्पर्धा गर्न नसकेर एमालेबाहेक सबै दलले मोर्चाबन्दी गरे पनि राष्ट्रव्यापी तालमेल गरे पनि जनताले त्यो गठबन्धनलाई मान्यता दिएका छैनन् । प्रचण्ड पुत्रीलाई जसरी पनि जिताउनु पर्ने भएकोले मात्र यो तालमेल गरिएको हो भन्ने आम बुझाइ छ । तालमेल भएको भनिएका पालिकामा बागीको बिगबिगीले केन्द्रमा कायम विजातीय गठबन्धन स्थानीय तहसम्म पुग्दा झन् विद्रुप भएको छ । गठबन्धनको विचल्नी भएको छ । नौरङ्गी तालमेल देखेर जनता हैरान मात्र छन् । कुन दलको कुन उम्मेदवारलाई नागबेली शैलीमा भोट हाल्न पर्ने हो थाहा नपाएका गठबन्धन दलका मतदाता रनभुल्लमा छन् र, देशको विकास, समृद्धिलाई अँध्यारो सुरुङभित्र लैजान उद्धत परमादेशी गठबन्धनलाई आसन्न स्थानीय निर्वाचनले निर्णायक धक्का दिने सर्वत्र अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ८ : ५७ बजे
प्रतिक्रिया