हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मतपत्र च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिन्छः देवी ज्ञवाली

भरतपुर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताउनुभएको छ । नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रमअन्तर्गत गौतम चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै उहाँले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने बताउनुभयो ।

ज्ञवालीले भरतपुरमा माओवादीको हैकमवाद र परिवारवादले भरतपुरबासी आजित भएको भन्दै महानगरको सक्षम नेतृत्वका लागि एमालेका उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्नुभयो । एमाले चितवनका जिल्ला ईन्चार्जसमेत रहेनुभएका ज्ञवालीले विकासको चर्काे गफ गर्ने तर यथार्थमा महानगर भताभुङ्ग भएको बताउनुभयो ।

नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिका वडा नं १० को अध्यक्षका उमेदवार भक्ति गौतमले पानीको निकाससहितको विकास गर्ने बताउनुभयाे । विना योजना सडक निर्माण गर्दा सामान्य वर्षामा पनि पानी जम्ने समस्या रहेकाले आउँदा दिनमा आफ्नो नेतृत्वले ढल निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रत्ननगरमा समाजवादीको वडा कमिटी एमालेमा समाहित

नेकपा (एकीकृत समाजवादी) रत्ननगर वडा नम्बर ३ को वडा कमिटी एमालेमा समाहित भएको छ । वडा कमिटी अध्यक्ष अशोक भुषालको नेतृत्वमा वडा कमिटी नै एमालेमा समाहित भएको हो । भुषालसहित वडा कमिटीका सदस्यहरुलाई नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा स्वागत गर्नुभयो ।

नेकपा एमालेमै फर्किनेमा सुबास भुषाल, दिपेश श्रेष्ठ, संजय चौधरी, नवराज अधिकारी, लक्ष्मण रानाभाट, ईश्वर लामा, लालबहादुर तामाङसहित कांग्रेसका नवराज श्रेष्ठ एमालेमा प्रवेश गरेको एमाले नगर कमिटी अध्यक्ष इश्वरी अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ६ : ०६ बजे