हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पाँचदलीय गठबन्धन उनका नातागोताको व्यवस्थापन गरी  बाँडीचुँडी खान मात्र बनेको हो : ओली

कैलाली ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको कुनै उद्देश्य र गन्तव्य नभएको बताउनुभएको छ । 
बिहीबार कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनवालाहरुको आफ्ना आफन्त र नातागोतको व्यवस्थापन गर्ने बाहेक अर्को कुनै उद्देश्य नभएको बताउनुभयो ।  ‘कुनै गन्तव्य नभएको गठबन्धन खाली सरकारमा पुग्ने र आफ्ना मान्छेलाई उद्धार गर्ने, व्यवस्थापन गर्ने, नातागोता आफन्तको व्यवस्थापन बाँडीचुँडी खान बनेको हो।’

२३ सिट ल्याएको कांग्रेसका सभापति अरु विभिन्न लौरा टेकेर सरकार चढ्दै गरेको र हिँड्न खोजेको भन्दै ओलीले यो सरकार संसदबाट समेत नबनेको बताउनुभयो । ‘यो संसदबाट होइन अन्तैबाट बनेको परमादेशी सरकारलाई आज हामीले बिदाई गर्ने बाटोतिर छौं। बिदाई गर्छौं भन्ने सन्देश यो चुनावले दिनुपर्छ।’ ओलीको भनाई थियो । 

गठबन्धन वालाहरुको काम भनेको विकास रोक्नु र भएका विकास निर्माणको विरोध गर्नु भएको ओलीले बताउनुभयो । ‘कांग्रेसको घोषणापत्रमा धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, ऐतिहासिक सम्पदा धरोहरहरु बनाएकोमा विरोध गरिएको छ। भूकम्पपछि ७ सात भवनहरु पुनर्निर्माण गरेकोमा विरोध गरिएको छ ,’ उहाँले भन्नुभयो।

एमाले विकास गर्ने, बाटो बनाउने, भौतिक पूर्वाधार निर्माण गर्ने पार्टी भएको उहाँको भनाइ थियो। ‘विभिन्न कार्यक्रम ल्यायौं। विकास देखिनुपर्छ घोषणापत्रमा,’ उहाँले भन्नुभयो ।  ‘काग्रेंसले एमालेको घोषणा पत्रमा मान्छे देखेनछ उस्ले सबै विकास निर्माण, टावर, भवन  मात्र देखेछ हो हामीले गरेको विकास मात्रै हो,’ ओलीको भनाई थियो । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ३१ बजे