बाढीको स्थितिमा सुधार

एआईजी पोखरेलको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।

बिहिबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।

अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।

​​​​​​​

 

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : १० बजे