हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

समाजवादीका मेयरका उम्मेदवारले नेकपा एमालेलाई सघाउने

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवारले नेकपा एमालेलाई सघाउने हुनुभएको छ ।  

समाजवादीका मेयर पदका उम्मेदवार राजु गुप्ताले नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गर्नुभएको हो 
सबैला नगरपालिकामा एमालेका तर्फबाट राज किशोर यादव उम्मेदवार हुनुहुन्छ ।

आफ्नो पक्षमा माहोल नदेखेपछि एकीकृत समाजवादीका मेयर उम्मेदवार गुप्ताले एमाले उम्मेदवार यादवलाई समर्थन गर्नुभएको हो ।

एमाले उम्मेदवार यादवलाई समर्थन गर्ने वातावरण एमाले नेता एवं मधेस प्रदेशका पूर्व सांसद रामचन्द्र मण्डलले बनाएको बुझिएको छ । 

मण्डल ०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुनुहुन्थ्यो । संसदीय दलका नेता रहेका बेला उहाँले राज्यमन्त्री सरहको सुविधा पाउँदै आउनुभएको थियो ।  तर उहाँ माओवादी छाडेर एमालेमा प्रवेश गर्नुभएपछि उहाँको सांसद पद समेत गुमेको थियो ।
उम्मेदवार यादव नेकपा एमालेका जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । उहाँलाई मेयरमा समर्थन गर्नुभएका  गुप्ताले आफु आफ्नो पुरानो घर एमालेमै फर्केको प्रतिक्रिया दिनुभयो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ५६ बजे