हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

छोरीलाई जिताए गठबन्धनलाई बीस वर्षसम्म लैजान्छु, नत्र देश दुर्घटनामा : प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उद्घोष गरेका छन् ।

चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै प्रचण्डले चितवनमा रेणुलाई नजिताए देश दुर्घटनामा पर्ने बताएका हुन् । स्थानीय तहको  निर्वाचनमा  आफ्नी छोरी  रेणु दाहाललाई भरतपुर महानगरपालिका को मेयरमा जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने प्रचण्डले उद्घोष गरे । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको बागीको रुपमा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवाको रुपमा मनोनयन दर्ता गरेका छन् ।

प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् । उनले हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् । कांग्रेसका कार्यकर्ताले रेणुलाई मत नदिने आशंका अहिले बढिरहेको छ । 

'तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने । 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ४५ बजे