हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

जनताको विश्वास र विगतको अनुभवले अब्बल मीना

झापा। नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपमेयरमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेदवार बन्नु भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा शानदाररूपमा विजयी भई उपमेयरको पाँचवर्षे कार्यकाल पूरा गर्नुभएकी उप्रेतीलाई नेकपा एमालेले पुनः एकपटक उपमेयरको टिकट प्रदान गरेको छ । ०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्यधिक मतले हराउँदै उपमेयर जित्नुभएको र पाँचवर्षको अनुभवले समेत आगामी दिनमा नगरको विकासमा योगदान पु¥याउने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ ।

२०२५ सालमा जन्मेकी मीना सानै उमेरदेखि राजनीतिमा निरन्तर सक्रिय हुनुहुन्छ । पञ्चायती व्यवस्थाको कठोर राजनीतिक प्रतिबन्धका समयमा पनि उहाँसँग अनेरास्ववियुका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ । मोरङको अमरदहमा जन्मनुभएकी उप्रेती २०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भिक कमिटी अध्यक्ष हुनुहुन्थ्यो भने २०४५ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र सोही वर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर नगर कमिटी सचिव बन्नु भएको थियो । २०४६–०४७ सालको जनआन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

२०५० सालमा झापा काँकरभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग उहाँको मञ्च विवाह भएको थियोे । झापा प्रवेशसँगै उहाँको राजनीतिक यात्रा झनै तिखारिँदै गयो । विवाह गरेकै साल उहाँ काँकरभिट्टा नेकपा एमालेको सदस्य भई निरन्तर रुपमा अखिल नेपाल महिला संघ नगर अध्यक्ष रहनुभयो । आफ्नो राजनीतिक जीवनका क्रममा उहाँ पटक पटक प्रहरीको गिरफ्तारीमा समेत पर्नु भएको थियो ।

उप्रेती राजनीतिमा मात्र होइन, विभिन्न सामाजिक संघ÷संगठनहरुमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । विगतमा काँकरभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवद्र्र्धन विकास समिति आदि संघ संगठनमा आबद्ध भई काम गरेको अनुभव उहाँसँग छ । पूर्वी नेपाल विशेषतः मेची अञ्चलको पर्यटन प्रवद्र्धन र विकासका निम्ति उहाँको विशिष्ट योगदान रहँदै आएको छ ।

सहकारीको क्षेत्रमा पनि उप्रेतीको विशेष योगदान र संलग्नता रहेको छ । मुलुककै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको उहाँ संस्थापक सञ्चालक समेत हुनुहुन्छ । झापामा उहाँलाई एउटा बौद्धिक महिला व्यक्तित्वका रुपमा समेत चिनिन्छ । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनको अनुभव समेत समेट्नु भएकी उप्रेतीका विभिन्न पत्रपत्रिकामा नियमित लेख रचनाहरु प्रकाशित हुने गरेका छन् ।

अत्यन्तै जुझारु, कर्मठ तथा संघर्षशील उप्रेतीको उम्मेदवारीले अहिले मेचीनगरमा खुसीको तरंग पैदा गरेको छ । राजनीतिक तथा सामाजिक क्षेत्रमा उहाँले गर्नुभएको योगदानको यहाँका मतदाताले अवश्य मूल्याङ्कन गर्नेछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ०४ बजे