उपल्लो बिँहुलाई धार्मिक पर्यटनको हव बनाउँछौ : उमेदवार कार्की

बागलुङ  ।  नेकपा एमाले काठेखोला गाँउपालिका अध्यक्ष पदका उमेदवार डिल बहादुर कार्कीले काठेखोला गाँउपालिका वडा नं. ५ उपल्लो बिँहुलाई धार्मिक पर्यटनको विशेष क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
एमाले काठेखोलाले सञ्चालन गरेको चुनावी अभियान अन्र्तगत काठेखोला – ५ जुकेपानीमा आयोजित चुनावी सभामा बोल्दै कार्कीले यस्तो बताउनुभएको हो । 

काठेखोलामा ८ पहिचानका रुपमा अगाडी बढाउने क्रममा वडा नं. ५ उपल्लो बिँहुलाई धार्मिक पर्यटन र घोडाबाँधे क्षेत्रलाई ग्रामिण शहरीकरणका रुपमा विकास गर्ने योजनाका साथ अगाडी बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य परमानन्द कंडेल, प्रदेश कमिटी सदस्य हुमाकुमारी जि.सी (अञ्जु), नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा काठेखोला गाँउपालिका अध्यक्ष अमरबहादुर थापा, प्रोगेसिभ इन्जिनियर एशोसियसन नेपाल निवर्तमान इन्चार्ज खिमानन्द कंडेल, वडा नं. ५ का वडा अध्यक्षका उमेदवार हिम बहादुर क्षेत्री लगायतले एमालेले गरेका काम र लिएका सिद्धान्तका आधारमा जनताले तिनै तहमा एमालेको सरकार खोजेको बताउनुभयो । 
कार्यक्रममा नेकपा एमाले काठेखोला वडा नंं. ५ का अध्यक्ष हिरालाल सापकोटाको अध्यक्षता, वडा सदस्यका उमेदवार प्रेम बहादुर पुनको स्वागत र दिवस कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।  

नेकपा एमालेले काठेखोलाका ८ वटै वडामा पहिचानका योजना बनाएर चुनावी अभियानमा जुटेको छ ।
नेकपा एमालेले काठेखोला – ५ उपल्लो बिँहुलाई धार्मिक पर्यटकीय गन्तव्य र पर्यटन पुर्वाधारको विशेष क्षेत्र बनाउने योेजना अगाडी बढाएको छ । 
 

​​​​​​​

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ३ : ३८ बजे