आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौं।   उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ ।  

राउतले  ती किशोरीलाई मंगलबार राति  त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

बलात्कार गरेको भन्ने  खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  २ : २७ बजे