हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सिन्धुपाल्चोक माओवादीमा विद्रोह,वाइसिएल जिल्ला इन्चार्जसहितको सिंगो टिम नै एमालेमा प्रवेश

सिन्धुपाल्चोक । सभामुख अग्नि सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकमा नेकपा माओवादी केन्द्रभित्र ठूलो बिद्रोह भएको छ ।

परिवारवाद लादेको भन्दै असन्तुष्ट रहेका माओवादीका प्रभावशाली युवा नेताहरु सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन । माओवादी भातृ संगठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इंचार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिंगो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित हुनुभएको हो । 

उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा पार्टीमा स्वागत गर्नुभएको छ । एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्टबिरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताउनु भयो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  २ : २७ बजे