बाढीको स्थितिमा सुधार

कालीकोट आइपुगे मतपत्र

मान्म।  आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्र सहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । 

जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा  मतदान स्थलमा पु¥याउने काम सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्र सहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिनुभयो । जिल्लाका नौ  स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन् । 

जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिनुभयो । निर्वाचन सुरक्षामा लागि चारवटै सुरक्षा निकायलाई आवश्यकता अनुसार  परिचालन हुने जनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो । रासस

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १२ : ५४ बजे