एमाले अध्यक्ष ओली चुनावी सभालाई सम्बोधन गर्न आज कैलाली र कञ्चनपुर जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिममा आयोजना हुने तीन वटा चुनावी सभालाई सम्बोधन गर्न आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीले  कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिनुभयो ।

कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने र त्यसको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।

अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यसपछि उहाँले दिउँसो २ः०० बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ। अध्यक्ष ओलीले धनगढीको आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

 

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ८ : २८ बजे