सत्ता गठबन्धनले भरतपुरमा गर्न लागेको संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा

भरतपुर । सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा आज गर्न लागेको संयुक्त आमसभाको मञ्च रहेको स्थान डुबानमा परेको छ ।

भरतपुरको हाकिम चोकमा बुधवार साँझ नै मञ्च तयार पारिएको थियो । तर रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । 

आमसभा स्थललाई सजाइएका झण्डा, ब्यानरहरू पनि डुबानमा परेका छन् ।

महानगरको सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । 

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा बुधवार नै चितवन पुग्नुभएको छ ।  अब सभा सोही स्थानमा गर्ने कि अन्यत्र गर्ने भन्नेबारे छलफल भइरहेको चितवन काँग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ८ : १७ बजे