हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एमालेको घोषणा पत्रमा विकास मात्रै देखिन्छ : अध्यक्ष ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको घोषणा पत्रमा जनताको आँसु मात्रै देखिने बताउनु भएको छ ।

झापाको सुरुङामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको घोषणा पत्रमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले भन्नु भए जस्तो मान्छे नदेखिने बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, एमालेको घोषणा पत्रमा विकास मात्रै देखिन्छ । एमालेको घोषणा पत्रमा सडक, पुल, विधालय, स्वास्थ्य संस्था, बृद्धवृद्धाको सामाजिक सुरक्षा भत्ता, देश बनाउने योजना, समृद्ध नेपालको खाका, जनताको खुशी मात्रै देखिने छ ।’

गठबन्धनका नेताहरुले एमालेको घोषणापत्रमा मानिस नदेखिएको भन्ने भनाईलाई ओलीले भन्नुभयो, एमालेको घोषणापत्रमा विकास मात्रै देखिन्छ, मान्छे देखिदैन । उहाँले बैशाख ३० पछि गठबन्धनको हालत देखिने बताउनु भयो ।

कनकाईका चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकासका लागि कनकाईमा राजेन्द्र पोरखरेलको नेतृत्वलाई अघि बढाएको बताउनु भयो । यसअघिको कार्यकालमा गरेको विकासलाई मुल्याङकन गरेरै उम्मेद्वार दोहो¥याएको उहाँको भनाई थियो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘कनकाईका जनताले चाहेको विकास राजेन्द्रबाटै सम्भव भएकाले मैले उहाँलाई उठाएको हो । तपाईंहरुले जिताउने कुरा थाहा पाएरै मैले यो निर्णय लिएको हुँ ।’

अध्यक्ष ओलीले कनकाईमा एमालेबाट उम्मेद्वार बनेका सबैलाई विजयी गराउन आग्रह पनि गर्नुभयो । अन्त्यमा उहाँले भन्नुभयो, कतै अलमतमा नपर्नुहोला, विकास गर्ने एमाले नै हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ७ : २८ बजे