काभ्रे दुर्घटना अपडेट : मृतक पाँचैजना नेपाली भएको खुल्यो

काठमाडौं । काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ, रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीषा छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीय प्रमिला नेपाली छन् ।

दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् । जसमा नेपाली र भारतीय नागरिक रहेका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए । 

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग रोशी गाउँपालिका–११ मा ठोक्किएका थिए । पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारतर्फ फर्किन लागेको मिनी बस तीव्र गतिमा आइरहेको सुमोसँग ठोक्किएको प्रवक्ता खतिवडाले बताए । 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ४८ बजे