पूर्व राजदूतहरूको छलफल सम्पन्न

काठमाडौं ।  पूर्व परराष्ट्र मन्त्री एवम् चीनका लागि पूर्व राजदूत श्री महेन्द्र पाण्डेको संयोजकत्वमा पूर्व राजदूतहरूको छलफल कार्यक्रम सम्पन्न भयो ।

नेपालको परराष्ट्र नीति, सम्बन्धित देशहरूले अपनाएका विकासका मोडल र आर्थिक सामाजिक रूपान्तरणको अवस्था र त्यसबाट नेपालले सिक्नुपर्ने विषयहरू, अल्पविकसित अवस्थाबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भएपछि नेपालले अवलम्बन गर्नुपर्ने नीति आदिका बारेमा छलफल, अध्ययन, अनुसन्धान गरी सरकारलाई नीतिगत निर्णय लिनका लागि सुझाव दिन, सम्बन्धित पक्षहरूसँग छलफल, संवादको माध्यमबाट आवश्यक सुझावहरू लिने र प्रचार–प्रसार गर्नका लागि पूर्व राजदूतहरूको छलफल गरी विचार निर्माण गर्ने थलोको स्थापना गर्ने उद्देश्यले आयोजित उक्त छलफलमा सहभागी पूर्वराजदुतहरुले उहाँहरूले हासिल गर्नुभएका ज्ञानलाई राष्ट्रहितमा प्रयोग गर्नका लागि आगामी दिनमा पनि निरन्तर रूपमा छलफलको आयोजना गरिनुपर्नेमा जोड दिनुभएको थियो । यस्तो अभ्यासले देशको परराष्ट्र नीति तथा वैदेशिक सम्बन्धमा सकारात्मक टेवा पुग्ने विश्वास गरिएको ।

छलफलमा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष–उषा किरण भण्डारी, सचिव–पेम्बा लामा, सदस्यहरू मीना भण्डारी र मिलन धरेलको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ३० बजे