बर्दियामा ट्रक र रिक्सा ठोक्किँदा एक जनाको मृत्यु 

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१ मा आज ट्रक र रिक्सा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रिक्सामा सवार ठाकुरबाबा नगरपालिका–२ बस्ने ४९ वर्षीया पिउली धिताल रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी धितालको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नम्बरको रिक्सा आज दिउँसो १ बजे ठोक्किँएका थिए । 

दुबै सवारी साधन सहित दुबै चालकलाई ईलाका प्रहरी कार्यालय बग्नाहाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : २६ बजे