हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

​​नेपाली कांग्रेस र जनता समाजवादीबीच तालमेल नहुने

​​​​​​​काठमाडौं – गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच तालमेल नहुने भएको छ ।

कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेलको प्रयास गर्दा दुबै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको बताउनु भयो ।

यसअघि कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सहयोग गर्ने सहमति भएको थियो ।

त्यस्तै गोरखा नगरपालिकाको मेयरमा जसपाले कांग्रेसलाई सहयोग गर्ने भनिएको थियो, उपमेयरबारे कुनै सहमति भएको थिएन । जसपाले गोरखा नगरपालिकाको उपमेयरमा कांग्रेसले आफूहरुलाई सहयोग गर्नुपर्ने माग गर्दै आएको थियो र कांग्रेसले अस्वीकार गरेको थियो ।

मंगलबार कांग्रेस र जसपाको जिल्ला नेतृत्व पालुङटार नगरपालिकाको वडास्तरमा तालमेलको विषयमा छलफलमा बसेका थिए । तर वडा भागवण्डामा सहमति नजुटेपछि दुबै दल मेयर र उपमेयरमा पनि तालमेल नगर्ने निश्कर्षमा पुगेका हुन् ।

पालुङटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मेयर, उपमेयर, वडाध्यक्षलगायतका पदमा एकल उम्मेदवारी दिइसकेका छन् ।

कांग्रेस जिल्ला सभापति न्यौपानेले पालुङटारमा कांग्रेस एकल रुपमा निर्वाचनमा जाने भन्दै नगरपालिकामा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  २ : ५३ बजे