सिराहामा साइकल दुर्घटना हुँदा वृद्धको मृत्यु 

सिराहा । सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साईकल पल्टिदा एक वृद्धको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् । 

यादब सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : ४३ बजे