दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

खेलाडी-प्रशिक्षक विवादः एन्फाले छानविन समिति गठन गर्ने

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ ।

मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् ।श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिति बनाउने र त्यसले चार दिनभित्र निष्कर्ष निकालेर प्रतिवेदन बुझाउने बताएका छन् । 

यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, एन्फा महासचिव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए ।

मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भने खेलाडीहरू खबर नगरी क्याम्पबाट भागेको टिप्पणी गरिरहेका छन् । सोही विषयमा खेलाडीहरूले पनि पत्रकार सम्मेलन गर्दै निष्पक्ष छानविनको माग गर्दै आएका थिए ।

यसअघि खेलाडीले प्रशिक्षकको व्यवहारका कारण १३ गते होटेल छाडेका थिए । त्यसको स्पष्टीकरण दिन १५ गते पत्रकार सम्मेलन गरेका थिए । प्रशिक्षक अब्दुल्लाहले असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिइ टिम छाडेको बताउँदै खेलाडीलाई एसियन कप छनोटमा सहभागीता नगराउने बताएका थिए । साथै, अलमुताइरीले आफूमाथि गम्भीर आरोप लगाएका १० खेलाडीलाई माफी दिएको  र कुनै कारवाही नगर्न आग्रह पनि गरिसकेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ०८ बजे