हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

​​​​ सुर्खेतमा कांग्रेसले धोका दिएको भन्दै ​​गठबन्धनबाट बाहिरियो माओवादी केन्द्र

​​​​​​​सुर्खेत – नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले नेपाली कांग्रेसले धोका दिएको गठबन्धन तोडेको विज्ञप्ति मार्फत जानकारी गराएको छ।

सचिव महेश जिसि र अध्यक्ष समरबहादुर कामीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमति विपरीत कांग्रेसले धोका दिएको टिप्पणी गरेको छ ।

‘चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा गरिएको सहमतिलाई माओवादी केन्द्रको तर्फबाट इमान्दारीका साथ पालना भयो । तर उक्त सहमति कांग्रेसको तर्फबाट गठबन्धनको मर्मविपरीत एकलौटी उल्लंघन गरिएको कुरा अवगत गराउछौं’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ५५ बजे