हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

खोटाङको स्थानीय तह निर्वाचन : अधिकांश अनुहार पुरानै

खोटाङ । खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन : दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११  जना पुनः दोहोरिने योजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुनः उम्मेदवार बनेका छन् ।  

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा निर्वाचित बीणादेवी राई पुनः सोही पदमा दोहोरिन गरी उम्मेदवार बन्नुभएको छ । 

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट उपमेयरमा निर्वाचित विमला राई यसपटक मेयर बन्ने दौडमा हुनुहुन्छ । एमालेबाट ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित पुष्पकला भुँजेल सोही पदमा दोहोरिने गरी चुनावी मैदानमा हुनुहुन्छ। यस्तै, केपिलासगढी गाउँपालिकाका एमालेबाट अध्यक्षमा निर्वाचित कृष्णकुमार राई पुनः दोहोरिने गरी उम्मेदवार बनेका छन् । 

खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपटक गाउँपालिका अध्यक्ष बन्ने दौडमा हुनुहुन्छ ।  एमालेबाट जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई र उपाध्यक्षमा निर्वाचित विमला राई यथास्थानमा चुनिने गरी चुनावमा होमिएका छन् ।

बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिक बञ्जरा सोही पदमा दोहोरिने गरी उम्मेदवार बन्नुभएको छ भने एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगर अध्यक्षमा पदउन्नतीमा होमिनुभएको छ । साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनिनुभएका अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा चुनिएकी सरिता खड्का यथास्थानका लागि उम्मेदवार बन्नुभएको छ ।  

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र समला राई बाहिरिनुभएको छ। 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : २० बजे