एमाले अध्यक्ष ओली झापामा

झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा पुग्नुभएको छ । उहाँले झापाको चार स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले भद्रपुरको ज्ञानुचोकसहित हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १२ : २६ बजे