पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

भक्तपुर । आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ५८ बजे