चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज झापा जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै हुनुहुन्छ ।

गृह जिल्ला समेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १०ः०० बजे जाने लाग्नुभएको हो । 

युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, बिर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने छ। 

त्यस्तै, अध्यक्ष ओलीले भद्रपुरको ज्ञान चोकमा ११ः०० बजे, हल्दिवारी १ गोल्धापमा साढे १ः०० बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ः०० बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

अध्यक्ष ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ५८ बजे