तीन वटा वायुको प्रभाव, आज पहाडी भू-भागमा वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा स्थानीय, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिम वायुको प्रभाव छ । 

बिहान प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो  पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ ।

बुधवार पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ । 

राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २० गते (मङ्गलवार)
​​​​​​​दिउँसो:
पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।

पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ वैशाख २१ गते (बुधवार)
दिउँसो:
देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ।

देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ।

प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २२ गते (बिहीबार)
दिउँसो:
देशका पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ।

देशको पहाडी भू–भागका केही र बाकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य  भू–भागमा आंशिक बदली रहने छ।

प्रदेश १ , मधेस प्रदेश तथा बागमतीका केही र बाकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ११ बजे