आजको पात्रो

आज मिति २०७९ वैशाख २० गते मङ्गलबार ।
(ई.सं.२०२२ मे ३ तारिख) (नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२५ बजे र सूर्यास्त साँझ ६ः३८ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस :  परशुराम जयन्ती । अक्षयतृतीया । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस । लुभु महालक्ष्मी भैरवयात्रा । शिवपार्वती विवाह महोत्सव । 
आज परशुराम जयन्ती र अक्षय तृतीयाको दिन समेत रहेको छ । आजकै दिनदेखि त्रेता युगको आरम्भ भएकाले त्रेता युगादि तिथि पनि भनिन्छ । आजको दिनमा गरिएको मंगलमय कार्यको अक्षय फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको पाइन्छ ।


 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ४२ बजे