‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एकता ब्युँताउने प्रचण्डको पुनरावलोकन निवेदनमा फैसला नहुने सर्वोच्चको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता खारेज गर्ने फैसलाविरुद्ध सर्वोच्चमा दिएको निवेदनमा पुनरावलोकन नहुने भएको छ । 

मंगलबार दिएको उक्त निवेदनको पेशी आज तोकिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो । उक्त निर्णयको पुनरावलोक गर्न मंगलबार प्रचण्डसँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, दिनानाथ शर्मा, गिरिराजमणि पोखरेल, अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नुभएको थियो।

 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १ : ५० बजे