‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सरकारलाई हाम्रो समर्थन छैन, प्राविधिक रुपमा चिठी लेख्न मात्रै बाँकी हो : प्रवक्ता श्रेष्ठ

 काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको बताउनुभएको छ।

पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता श्रेष्ठले भन्नुभयो,–‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधि रुपमा मात्रै चिठ्ठी लेखेका छैनौँ ।’

उहाँले माओवादी केन्द्रको प्रष्ट लाइन भनेको केपी ओली नेतृत्वको सरकारलाई हटाएर अर्को सरकार बनाउनु र संसदलाई क्रियाशील गराउनु नै भएको बताउनुभयो  । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई पनि सरकारलाई समर्थन गर्ने वा अविश्वासको प्रस्ताव राख्ने भन्ने निर्णय गर्न उहाँको आग्रह थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : २० बजे