‘नेशनल डे कन्सर्ट’ सम्पन्न

जनावरका लागि पनि बन्यो कोरोनाको खोप

मस्को । कोरोना भाइरसविरुद्ध जनावरका लागि पनि खोप बनाइएको छ ।

जनावरका लागि बनाइएको पहिलो खोपको विकास रुसले गरेको सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 

रुसको कृषिसम्बन्धी नियामक निकायले बुधबार यो खोप प्रयोगका लागि उपयुक्त रहेको निष्कर्ष सार्वजनिक गरेको हो । 

खोपको विकास गरेको संस्थाले गत अक्टोबरदेखि यसको परीक्षण गरिरहेको थियो । उनीहरूले कुकुर, बिरालोलगायतका जनावरमा यो खोपको परीक्षण गरेका थिए । 

परीक्षणले यो खोप जनावरहरूका लागि हानिकारक नरहेको पुष्टि भएको परीक्षणमा संलग्न अधिकारीहरूले जनाएका छन् ।

“यो खोपले जनावरको शरीरमा एन्टीबडी उत्पादन गरेर कोरोनाभाइरसविरुद्ध लड्न सहयोग गर्ने भएकाले यो शतप्रतिशत उपयोगी र प्रभावकारी देखिएको छ,” एक स्वास्थ्य अधिकारीले भने ।  

सबै जनावरलाई लगाउने गरी आगामी अप्रिलदेखि यसको प्रयोग पनि सुरु हुने अधिकारीहरूको भनाइ छ । त्यसपछि अरू देशहरूलाई पनि आवश्यकतानुसार खोप उपलब्ध गराउन सकिने उनीहरूले बताएका छन् ।  

खोपको विकास रुसको सङ्घीय पशु स्वास्थ्य केन्द्रले गरेको हो । रासस/सिन्ह्वा

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : ३१ बजे