‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते

बर्दिवास । अज्ञात समूहले चलाएको गोली लागेर महोत्तरीमा एक जना घाइते भएका छन ।

जिल्लाको औरही नगरपालिका–६ बैरीयामा गए राती अज्ञात समूहको गोली लागेर एक जना युवक घाइते भएका हुन । 

बर्दिवास नगरपालिका–१ निवासी ३० बर्षीय रोशन कोइराला अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 
कोइरालाको हात र कम्मरमा गोली लागेको छ ।

घाइते कोइरालाको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । 

घटनामा संलग्नको खोजीकार्य भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ७ : ५६ बजे